सिन्धुलीका पालिकामा विद्यार्थीहरूलाई खोप लगाइँदै

सिन्धुलीका नौवटै स्थानीय तहहरूमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी मोडर्ना खोप लगाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ३५ हजार डोज मोडर्ना खोप स्वास्थ्य संस्थाहरूमा वितरण गरी लगाउन सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप लगाइँदै

सुर्खेतका चार पालिकामा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाउन थालिएको हो । १२ वर्षमाथिकालाई चैत १ देखि ३ गतेसम्म खोप लगाइने जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालको संयुक्त आयोजनामा कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले पश्चिम सुर्खेतका बासिन्दा रोजगारका लागि भारततिर जाँदा विगतमा खोप छुटेकाले खोप लगाउन थालिएको हो । पञ्चपुरी, चौकुने, बराहताल पालिकाका बासिन्दा मौसमी रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिले उनीहरू घर फर्कन थालेकाले पुनः खोप लगाउन लागिएको छ । चैत १ देखि ३ सम्म कोरोनाको पुनः खोप लगाइने जनाइएको छ ।

उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट (उदयपुर)- यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुईचरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । पहिलो चरणमा फागुन १३ गतेदेखि ...

बाँकेमा कोरोनाविरुद्धको खोप लगाइँदै

नेपालगञ्ज – बाँकेका ६ वटा पालिकामा सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार असोज ८ देखि १० गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो। यी पालिकाका वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाइएको छ। १२ वर्षदेखि माथिका सबैलाई […]

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मनाङ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदै छ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदै छ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम […]

सुर्खेतमा एक लाख बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले १५ महिनाभन्दा माथि १५ वर्षभन्दा तलको उमेर समूहका एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतामका अनुसार जिल्लाका नौ वटै पालिकामा खोप अभियान सुरु गर्न लागिएको हो । ‘चैत २५ गते दखि वैशाख तीन गतेसम्म खोप अभियान सुरु […]

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।