यही मङ्सिर ४ गते प्रधानमन्त्री निवासमा बालुवाटारमा नेकपाका दुई अध्यक्ष – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच वार्ता हुँदा सहमति भयो – पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष हुने । त्यसलाई पार्टी सचिवालय बैठकले अनुमोदन गर्यो । त्यो निर्णय बाहिर आएपछि दुई अध्यक्षको भन्दा बढी चर्चा राष्ट्रपति बिद्यादेवी भण्डारीको भयो । ओली र प्रचण्डले त्यसै दिन राष्ट्रपतिलाई सँगै भेट्नुभएको थियो । किन भेट्नुभयो त्यो अध्यक्षद्वय र राष्ट्रपतिमात्र थाहा छ ।