२४ भदौ, काठमाडौं । भोलि (शनिबार) बिहान १४ औं काठमाडौं म्याराथन २०२२ आयोजना हुँदैछ । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन हो । आयोजक संस्थाले दौडको सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ । दौड यसअघि कोरोना संक्रमणको कारण दुई वर्ष आयोजना हुन सकेको थिएन । […]