अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जीवन राई नेतृत्वको नेकपा एकीकृतबीच एकताको प्रक्रिया अघि बढेको छ ।
२ पार्टीलाई एकीकरण गरी नेकपा एकीकृतले लिएको चुनाव चिह्न नेकपा एकीकृत समाजवादीको बनाउने गरी २ पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका नेताहरूकै सल्लाहमा जीवन राईले नेकपा एकीकृत दर्ता गराएका थिए ।
राई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निकट नेता मानिन्...