सीप सिकाएर युवालाई स्वरोजगार बनाउन जोड

कर्मभूमि समाज र युवा तथा साना व्यवासायी स्वरोजगार कोषबीच उद्यमशीलता विकासमा सहकार्य गर्नेबारे छलफल भएको छ ।सम्भावित उद्यमी पहिचान, अभिमुखीकरण र सीप विकास, व्यावसायिक योजना विकास तथा वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो । कर्मभूमि समाजको ‘गरिखाने अभियान’ ले बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि उद्यमको पहिचान, सीप विकास, व्यवसायिक […]

सम्बन्धित सामग्री

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने

१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]

रत्ननगरमा रोजगार मेला, स्थानीय स्तरमै स्वरोजगार बनाउने लक्ष्य

चितवन । चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला शुरू भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि शुरू भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।  मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताए । उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको बताए ।  सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उनले भने, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।”  कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताए । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा सावित हुने बताए । उनले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गरेकाछन् ।  कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताए । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन् । रासस

बागमती प्रदेश सरकारले प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउने

बागमती प्रदेश सरकारले प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको बताए ।उनले १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । ‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका […]

अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

मंसिर १८, काठमाडौं । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सृजना गर्ने उद्देश्यले अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ ।             विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।             उक्त संस्थाको शुक्रवार राति पूर्वराष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।  जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको भन्दै उनले त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी रहेको बताए ।             पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए। तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए।        नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।             नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।             महासंघका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए। रासस

तीस हजार युवालाई रोजगारी ! : RajdhaniDaily.com

RajdhaniDaily.com |   इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा - राेजगार

‘युवालाई स्वरोजगार र उद्यमशील बनाउँछौं’ - Naya Patrika

राज्यको प्रमुख शक्तिको रूपमा रहेका युवाको चौतर्फी विकास गरी राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यसहित हामी अगाडि बढ्नेछौँ । युवाको आवश्यकता पहिचान गरी उनीहरूमा विभिन्न किसिमका सीप तथा क्षमता विकास गर्दै...पूरा पढ्नुहोस् »