सुन तोलामा १०० रुपैयाँ बढ्यो

७ साउन, काठमाडौं । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ …

सम्बन्धित सामग्री

तोलामा १०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३५ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३६ डलरमा बन्द भएको थियो ।

यो साता तोलामा ३६ सय रुपैयाँ बढ्यो सुनको भाउ, कुन दिन कति वृद्धि ?

काठमाडौं । यो साता सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार ताेलाको १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ शुक्रवार १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको छ । शनिवार भने अघिल्लो दिनकै मूल्यमा सुन खरीदविक्री भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार (अपवादबाहेक) सुनचाँदीको मूल्य तोक्ने गरेको छैन ।   कुन दिन कति बढ्यो ? आइतवार तोलामा १ हजार ७०० रुपैयाँ बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ साेमवार तोलामा ७०० रुपैयाँ वृद्धि भई १ लाख ४ हजार १०० कायम भयो । म‌ंगलवार पनि भाउ बढ्ने क्रम रोकिएन । यो दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ५ हजार ७०० रुपैयाँ तोकियो ।  बुधवार भने सुनको भाउ स्थिर रह्यो । तर, त्यसपछि पनि यसको भाउ बढ्ने क्रम रोकिएन ।  बिहीवार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भयो ।