काठमाडौं । यो साता सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार ताेलाको १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ शुक्रवार १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको छ ।
शनिवार भने अघिल्लो दिनकै मूल्यमा सुन खरीदविक्री भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार (अपवादबाहेक) सुनचाँदीको मूल्य तोक्ने गरेको छैन ।
कुन दिन कति बढ्यो ?
आइतवार तोलामा १ हजार ७०० रुपैयाँ बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ साेमवार तोलामा ७०० रुपैयाँ वृद्धि भई १ लाख ४ हजार १०० कायम भयो । मंगलवार पनि भाउ बढ्ने क्रम रोकिएन । यो दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ५ हजार ७०० रुपैयाँ तोकियो ।
बुधवार भने सुनको भाउ स्थिर रह्यो । तर, त्यसपछि पनि यसको भाउ बढ्ने क्रम रोकिएन । बिहीवार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भयो ।