जटिल समस्या भएका गर्भवती महिलाको उद्धार गर्न हेलिकप्टर प्रभावकारी

पाँच वर्षदेखि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवाका कारण जटिल समस्या भएका गर्भवती महिला तथा सुत्केरीको जीवन जोगाउन सकिएको अधिकारीहरू बताउँछन्।

सम्बन्धित सामग्री

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी। बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका– ६ थालाकी २० वर्षीय बिन्दु धामीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज बिहान करिब ११ बजे थालाकाडाबाट बिन्दु धामीलाई नेपालगञ्ज लगिएको छ।

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

उत्तरी गोरखाको सिद्धिबासबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ३ बाट २५ वर्षीय छिरिङ डोम्मा गुरुङलाई मंगलबार बिहान १०ः५५ मिनेटमा उद्धार गरिएको हो । प्रश्रब व्याथाले च्यापेर समस्यामा रहेकी उहाँलाई राष्ट्रपती महिला उत्थान अन्र्तगत दुर्गम क्षेत्रका गर्भवतीको स्वास्थ्य उपचार कार्यक्रम मार्फत उद्धार गरिएको चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । ‘उहाँलाई निकै समस्या भएको खबर हामीले पायौं,’ श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टर मगाएर रेस्क्यू गर्न सफल भएका छौं ।’ जिल्ला प्रशासन कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र स्थानीय सिद्र्धिबास स्वास्थ्य चौकीको समन्वयमा उहाँलाई थापाथली स्थित प्रसुति गृहमा लगिएको छ ।