सामाजिक विकास मन्त्रालयले हेलिकप्टर चार्टर गरी बाजुराबाट गर्भवतीको उद्धार :: Pahilopost.com

कैलाली: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रवार रातिबाट व्यथाले च्यापेकी बुढी नन्दा नगरपालिका १० रावत बाडाकी  २२ वर्षीया रमिला रोकायालाई स्वास्थ्यकर्मीले त्यहाँ उपचार सम्भव नरहेको भनेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो। रोकाया व्यथा लागेपछि शुक्रवार राति १० बजे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा