काठमाडौं : निर्वाचन आयोगले यही चैत मसान्तमा स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा अभियान थाल्ने भएको छ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कसरी मतदान गर्ने भनी सन्देशमूलक प्रचारप्रसार चैत मसान्तबाट थाल्ने तयारी भएको जानकारी दिए।उनका अनुसार यसपटक मतदान शिक्षाका लागि घरदैलो अभियान नगरिने भएको छ। अडियो र भिडियोको माध्यमबाट मतदानसम्बन्धी सन्देश प्रवाह गरिने उनले बताए।‘पहिला भएको चुनावमा घरदैलो अभियान गर्दा अभियन्ताले कामै नगरी तलब भत्ता बुझेको भन्ने गुनासो आएपछि यस्तो