काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ५४ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ६ सय २२ जनामा झरेको मन्त्रालयले जनाएकाे छ ।