नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “आम जनतालाई खोप उपलब्ध गराउने, उपच