खोपको माग

शिक्षक महासंघ र निजी विद्यालयमा कार्यरत शिक्षकले कोभिड विरुद्धको खोप माग गरेका छन् । सरकारले अग्र भागमा काम गर्ने शिक्षकलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ । उनीहरूले सबै तहका शिक्षकलाई खोप लगाउने व्यवस्था मिलाउन गत वर्षको कोरोना संक्रमणको पहिलो लहरदेखि नै यस आवाज उठाएका हुन् । लाखौं विद्यार्थीसँग सम्पर्कमा रहने शिक्षक–शिक्षिका स्वस्थ रहेमा मात्र […]

सम्बन्धित सामग्री

कोरोनाको करिब ५० लाख मात्रा खोप मौज्दात, सबैभन्दा बढी भेरोसेल

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।

सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोपको माग

सल्यान १७, साउन । सल्यानका होटल व्यवसायीहरुले कोरोना भाइरस विरुद्धको खोपको माग गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस्तो अवस्थामा होटल व्यवसायीहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका हुन् ।  पछिल्लो समयमा बजारक्षेत्र तथा होटलहरुमा सेवाग्राहीको संख्या बढ्दै गएकाले कोरोनाको जोखिम बढेको उनीहरुको भनाइ छ ।  सल्यान जिल्लाभर साना ठूला गरेर झण्डै ७०० बढी होटल रहेको होटल व्यवसायी संघ सल्यानले जानकारी दिएको छ । यी साना तथा ठूला होटलहरुमा सेवाग्राहीको संख्या बढ्न थालेका छन् ।  जसले गर्दा कोरोनाको जोखिम बढेको र सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरिदिनु पर्ने उनीहरुले माग समेत गरेका छन् । जिल्लामा करीब तीन दर्जन ठूला होटल, छ दर्जन बढी मझौला र बाँकी साना होटल रहेका छन् । प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीहरुबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायी संघ सल्यान वरिष्ठ उपाध्यक्ष विकास डिसीले बताए । उनले दैनिक रुपमा होटलमा आउने सयौँ सेवाग्राहीहरुसँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताए । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथामिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।  ‘जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन भनेर थाहा हुदैन, हाम्रो व्यवसाय सेवामूलक भएकाले सेवा दिनु नै प¥यो’ उनले भने ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, अर्को तीर कोरोनाको जोखिम पछि त्यतिकै छ ।’  होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मान बहादुर वलीले प्रथामिकताको आधारमा होटल सञ्चालक तथा होटलमा कार्यरत कामदारहरुलाई कोरोना खोपको व्यवस्था गरिनुपर्ने बताए । जिल्लाभरका झण्डै ४ हजार होटल व्यवसायी तथा यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि खोपको व्यवस्था गरिने पर्ने उनको भनाइ छ । उनले कोरोना जोखिमका कारण केही सेवाग्राहीहरु होटलमा बस्न समेत आनाकानी गर्ने गरेको बताए । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथामिकता दिनुपर्ने बताउँदै उनले बाहिरी जिल्लाबाट यस जिल्लामा आएर बस्ने र यसले आर्थिक उपार्जनमा टेवा पु¥याउने गरि सोच्नु पर्ने बताए । होटल क्षेत्रलाई पनि प्राथामिकतामा राखेर खोप लगाउनु पर्ने उनको माग छ ।

पोखराका पर्यटन व्यवसायीले मागे पहिलो चरणमा पाँच हजार खोप

पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो । परिषद्का अध्यक्ष भट्टराईले हाल पहिलो चरणमा होटल तथा …

चितवनका किराना व्यावसायीद्वारा खोपको माग

साउन ४, चितवन । चितवनका किराना व्यावसायीहरुले पनि कोरोना भाइरसविरुद्धको खोप माग गरेका छन् । किराना व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै खोपको माग गरेको हो । संघका अध्यक्ष रविन्द्र श्रेष्ठले दैनिक उपभोग्य सामग्रीहरु अग्रपंक्रिमा बसेर विक्रीवितरण गर्ने किराना व्यवसायीहरुलाई खोपको जरुरत परेको बताए । उनले भने, ‘किराना व्यवसायीहरुले जतिबेला पनि दैनिक उपभोग्य वस्तु विक्रीवितरण गरिरहेका हुन्छन्, उनीहरु संक्रमणको उच्च जोखिममा हुन्छन्, त्यसकारण हामीले खोपको माग गरेका हौँ ।’ व्यवसायीहरुलाई प्रजिअ लामिछानेले अहिले खोपको मौज्दात सकिएको र आगामी दिनमा आउँदा किराना व्यवसायीहरुलाई प्राथमिकता दिइने बताए ।

नेचर गाइडले गरे कोभिड खोपको माग

चितवन – नेचर गाइड एशोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ । एशोएिशसनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो । तीन तहको सरकारसँग चार बुँदे मागसमेत एशोसिएशनले राखेको छ । एशोसिएशनले कोभिड खोप उपलब्ध गराइनुपर्ने, वार्षिक नवीकरण […]

यातायात मजदूरलाई खोपको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

यातायात व्यवसायीले यातायात क्षेत्रका मजदूरलाई कोरोनाबिरुद्धको खोप लगायत कोभिड–१९ महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बिहिबार विभिन्न माग समेटिएको सात बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले यातायात क्षेत्रको १० खर्बको लगानी जोखिममा …

खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, […]

खोपकाे टुंगो छैन, मन्त्रालयमा माग फारमकाे थुप्रो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सर्वसाधारणले कोभिड–१९ विरुद्धको खोप माग गरेको फारमको थुप्रो लागेको छ। खोप कहिले ? कताबाट आयात हुन्छ ? भन्ने टुङ्गो लागिसकेको छैन।खोपको माग राख्दै मन्त्रालय धाउनेको संख्या दिनानुदिन बढ्दो छ। कोरोना भाइरसविरुद्ध लड्ने एकमात्र वैज्ञानिक आधार पनि खोप मात्रै भएकाले यसको माग बढेको हो।सुरुमा कोभिड–१९ विरुद्धको खोप लगाउन आनाकानी गरेका नागरिकहरु अहिले आफूहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग माग गरिरहेका छन्। हालसम्म मन्त्रालयमै पुगेर संस्

चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्। मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्‍यूले…

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ।