काठमाडौँ–प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिला उमेदवारको संख्या अत्यन्तै न्यून छ। अर्थपूर्ण महिला सहभागिताको लागि नेतृहरुले आवाज उठाउदै आएपनि प्रत्यक्ष लड्ने आँट भने थोरैले मात्रै गरेका छन्। प्रतिनिधिसभा निर्वाचनका १६५ वटा निर्वाचन क्षेत्र मध्ये प्रमुख तीन वटा राजनीतिक दलले १६ वटा क्षेत्रमा मात्रै महिलाले उमेदवारी दर्ता गराउँदै छन्। नेकपा माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। […]