काठमाडौं : वाम एकतादेखि समाजवादी केन्द्र निर्माणसम्मको छलफल भइरहेका बेलामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रबीच एकताबारे गृहकार्य थालिएको छ। आइतबार भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ५ जना नेताहरूबीच भएको छलफलमा वाम एकताको लागि दबाब दिन माओवादी र समाजवादीबीच एकता गर्नेबारे छलफल भएको हो। सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले त्यसबारे पार्टीमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए। उनले