काठमाडौं। ई–सेवाले दशैं तिहारलाई लक्षित गर्दै ‘ई–सेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ३७ दशमलव ९९ रुपैयाँको खेल खेल्दा रू. ३ लाख ७९ हजार ९०० मूल्यको यामाहाको एफजेड एफआई भर्सन थ्री मोटरसाइकल जित्न सकिने बताइएको छ । यसैगरी खेलबाहेक कुनै पनि दुईओटा भिन्न कारोबार गर्दा दुईजनाले उक्त मोटरसाइकल जित्न सक्नेछन् ।
अफरअन्तर्गत ई–सेवाबाट बैंक खातामा पैसा पठाउँदा एक जोडीले दुबई टुर प्याकेज र कात्तिक १ मा ई–सेवा केअर किन्दा एकजनाले १०० गुणा क्यासब्याक पाउनेछन् । जहाजको टिकटमा ५ जोडीले होटेलको स्टेकेसन प्याकेज तथा एकजनाले रियलमी ११एक्स फाइभजी पाउने बताइएको छ । इन्टरनेट तथा टिभीको बिल भुक्तानीमा क्यासब्याक र सीजीको टिभी, बसको टिकट वा होटेल बुकमा चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सकिने बताइएको छ । त्यस्तै क्यूआर भुक्तानी लिँदा विभिन्न उपहारसमेत पाइने भएको छ ।