बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल

बर्दिया । ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तिलकराम लम्सालले बृद्ध भत्ता अब जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका छन् । नवनिर्वाचित नगरप्रमुख लम्सालले शुक्रबार पदभार ग्रहण गर्दै बृद्ध भत्ता जनताको घरदैलोमै पुर्याउने निर्णय गरेका हुन् । नगरप्रमुखको पदभार सम्हाल्दै तीन बुँदे निर्णय सार्वजनिक गरेका लम्सालले विगतका वर्षहरुमा नगरपालिकाले लिँदै आइरहेको मालपोत करमा समेत समायोजन गर्ने निर्णय गरेका […] The post बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गैँडाकोट नगरपालिकाका सुत्केरीलाई रु पाँच हजार भत्ता

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।नगरपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिइन् । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा

सुत्केरीलाई पाँच हजार भत्ता दिन थालियो

कावासोती – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त […]

सामाजिक सुरक्षा भत्ता घरमै

स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकालाई भत्ता उपलब्ध गराइएको उनले जानकारी दिए ।“ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई गाउँ–गाउँबाट बज

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

काठमाडौँ,१६ साउन । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको […]

मध्यनेपालमा दीर्घरोगीलाई मासिक भत्ता, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा

लमजुङ-लमजुङको मध्यनेपाल नगरपालिकाले नगरभित्रका दीर्घ रोगीहरुलाई मासिक भत्ता दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा निर्वाचित नेतृत्वले नगरभित्रका दीर्घरोगीहरुलाई मासिक तीनहजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।दोश्रो पटक नगरप्रमुख निर्वाचित रमेश कुमार पाण्डेले पदभार ग्रहण गरेसँगै नगरबासीका हितमा दुईवटा घोषणा गरेका हुन् । नगरप्रमुख पाण्डेले पालिका भित्रका दीर्घरोगीहरुलाई मासिक भत्ता देखि सामुदायिक क्याम्पसमा […]

सामाजिक सुरक्षा भत्ता नपाएपछि भंगहामा ज्येष्ठ नागरिक धर्नामा

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा बसेका छन्। बिहीवार सीतापुर बजार भंगहामा सामाजिक सुरक्षा भत्ता अपचलनका जिम्मेवार नगरप्रमुख सञ्जीवकुमार साह रहेको भन्दै उनीविरुद्ध वृद्ध नागरिकहरू धर्ना बसेका हुन्। भंगहा नगरपालिका–९ भीमगढका सूर्यमान विश्वकर्माले आफूहरूले तीन–चार किस्ताको वृद्धभत्ता नपाएकाले के कारणले नपाएको बुझ्नका लागि धर्नामा बसेको बताए। त्यस्तै, रमेश यादवले […]

पनौतीका १३५ किसानलाई भैंसी सुत्केरी भत्ता

काभ्रे : पनौती नगरपालिकाले भैंसी सुत्केरी भत्ता वितरण गरेको छ। १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको हो।नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आर्थिक वर्ष २०७८/७९ को भैंसी सुत्केरी भत्ता कार्यक्रमअन्तर्गतको दोस्रो किस्ता वापतको ६ लाख ३५ हजार रुपौयाँ वितरण गरिएको जनाइएको ।नगरप्रमुख भीम न्यौपानेले पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भनी भैंसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको बताए। सुत्केरी भत्ता बाषतको रकमबाट भैंसीलाई पोषणयुक्त भिटामिनलगायतका पोषिलो दाना

एनआइसी एसिया बैंकको लापरबाहीले गुम्यो ९२० बालबालिकाको पोषण भत्ता

जाजरकोट : बैंकको लापरबाहीले भेरी नगरपालिकाका ९२० बालबालिकाले एक वर्षको पोषण भत्ता गुमेको छ। एनआइसी एसिया बैंकले सम्झौताअनुसार काम नगर्दा भत्ता गुमेको नगरपालिकाका पदाधिकारीले बताएका छन्।सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिँदै आएको पोषण भत्ता बापतको रकम ४७ लाख रूपैयाँ एनआइसी एसिया बैंकमा गत असार २८ गते नगरपालिकाले जम्मा गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिनभित्र नसाटे चेक स्वतः रद्द हुन्छ। अन्तिम म्याद साउन १२ गतेसम्म थियो। तर‚ म्यादसम्म पनि ब

बाराको पचरौतामा स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता

बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए ।नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई अगाडि

स्नातक उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता

बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८÷०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए ।     नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई...