सहकारी संघसंसस्थाले हरेक चार महिनामा सन्दर्भ ब्याजदर परिमार्जन गर्न पाउने भएका छन् । बुधबार काठमाडौंमा भएको ‘एकीकृत निर्देशन विषयक’ अन्तर्क्रियामा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले यस्तो जानकारी गराएका हुन् । सहकारी संघ/संस्थाहरुमा सन्दर्भ ब्याजदरलाई छिटो–छिटो हेर्नु पर्ने देखिएकाले विभागले त्यस्तो तयारी थालेको उनले बताए ।