सहकारीको ब्याजदर तत्काल नबढ्ने

सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निष्कर्षमा सहकारी विभाग पुगेको हो । बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकसमेत स्थगित भएकाे विभाग स्रोतले जानकारी दिएको छ । ‘बजारमा तरलताको अवस्था सहज बन्दै गएकाले तत्कालै सन्दर्भ ब्याजदर पुनरावलोकन गरिहाल्नुपर्ने अवस्था देखिएन,’ विभाग स्रोतले भन्यो, ‘त्य

सम्बन्धित सामग्री

सहकारीको ब्याजदर बढाउन धर्ना

काठमाडौं (अस) । सन्दर्भ ब्याजदर बढाउन माग गर्दै सहकारीकर्मीले संघीय सहकारी विभागमा धर्ना दिने भएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिले सहकारी संस्थालाई अफ्ठ्यारो परे पनि विभागले सन्दर्भ ब्याजदर नबढाएको भन्दै दबाब दिन धर्ना दिन लागिएको हो । विभागका रजिस्ट्रारको संयोजकत्वमा हुने सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक मंगलवार दिउँसो बस्दै छ । बैठकबाटै सन्दर्भ ब्याजदर तोक्न दबाब दिन बिहान ११ बजे विभागमा धर्ना कार्यक्रम तय गरिएको छ । सोमवार राष्ट्रिय सहकारी महासंघमा बसेको केन्द्रीय तथा जिल्ला तथा विषयगत संघहरूको बैठकले महासंघको अगुवाइमा विभागमा धर्ना दिने निर्णय गरेको हो । महासंघको बैठकपछि उपत्यकाका तीनओटै जिल्ला तथा विषयगत संघहरूले धर्नामा उपस्थित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाएपछि सहकारीमा पनि ब्याजदर बढाउन दबाब बढेको छ । हाल सहकारीमा सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत रहेको छ । राष्ट्रिय सहकारी महासंघले मंगलवार विभागका रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र निचोडमा पुग्न समयसीमा समेत दिएको थियो । महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्ने गरी आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्न सुझाएको छ । तर, सहकारी ऐन तथा नियमावलीमा आधारदरको प्रावधान उल्लेख छैन ।

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीको ब्याजदर नबढ्ने बताएकी छिन् । सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेका वेला मन्त्री श्रेष्ठले कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्तालाई सुविधा दिनुपर्ने...

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छिन् ।

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छिन् ।

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छिन् ।

सहकारीको ब्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धिको चर्चा चलिरहेकै बेला भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ब्याजदर नबढ्ने बताएकी छिन् । बरु कर्जाको ब्याजदर घटाएर सदस्य लगानीकर्ताहरुलाई सुविधा दिनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाजको ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनहरुमा सहकारी संघ–संस्थाहरु पैसा ब्याजमा लगानी गरेर खाने बैंक जस्तो भएको बताएकी छिन् ।‘पछिल्ला दिनहरुमा सहकारी उद्देश्यविहिन

सहकारीको ब्याजदर तत्काल नबढ्ने

काठमाडौं । सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निश्कर्षमा सहकारी विभाग पुगेको हो । बुधबारका लागि बोलाइएको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकसमेत स्थगीत भएकाे विभाग स्रोतले जानकारी दिएको छ । ‘बजारमा तरलताको […] The post सहकारीको ब्याजदर तत्काल नबढ्ने appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.