असार २६, वीरगञ्ज ।वीरगञ्ज उद्योग वाणिज्य संघले उद्यमी अशोककुमार वैदलाई संघको अन्तरदेशीय सम्बन्ध विस्तार समितिको संयोजकमा मनोनित गरेको छ ।
संघका पूर्वअध्यक्षसमेत रहेका वैद नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष पनि हुन् । संघका अध्यक्ष सुबोधकुमार गुप्ताले समितिले सरोकारका अन्तरदेशीय संघसंस्थाहरूसँगको सम्बन्ध विस्तारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
संयोजक वैदले सम्बन्ध विस्तारको माध्यमबाट संघको संस्थागत विकासका लागि पाएको जिम्मेवारीले आफू उत्साहित भएको बताए ।