यसअघि खेलाडी छनोटदेखि सबै व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हेर्दै आएकामा नवौं राष्ट्रिय खेलकुद भने चार तहबीचको समन्वयमा हुँदै छ । आयोजकको रूपमा संघको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राखेप, सहआयोजक गण्डकी प्रदेश सरकार, प्रतियोगितास्थल रहको स्थानीय तहबीच समन्वय छँदै छ, चौंथो तहको रूपमा निजी क्षेत्रसमेत जोडिने भएको छ ।