विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ । राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत म