जुम्लामा भोट नहालेको भन्दै बन्धक बनाइ कुटपिट, घाइतेलाई अस्पताल पुर्‍याइयाे

जुम्ला –  जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८  नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् ।  वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण ...

सम्बन्धित सामग्री

कविता : झुप्रो र महल

एउटा देशएउटा ठूलो महलएउटा सानो झुप्रोचुनाव आयोमहलले माग्योएउटा भोटझुप्रोले दियोमहलले जित्योअर्को चुनाव नआउन्जेलझुप्रोले मागिरह्योशिक्षास्वास्थ्यबाटोघाटोरोजगारीसुरक्षाविकासका आधारभूत योजनाहरुफेरि चुनाव आयोझुप्रो झुप्रो नै रह्योमहलले अरु महल थप्योदेशको निम्ति पसिना बगाउनेसुन्दर घरपरिवारको कल्पना गर्नेझुप्रोको जवान छोरोझुप्रो बन्धक राखेर गयोखाडीमा जोतिन बाध्य भयोअहिले महलआफ्नो लागि रउसैको जवान छोरोको लागि झुप्रोसंग मागिरहेछदुईवटा भोट ।        हालः लस एन्जेलस

भोजपुरमा कांग्रेसका उम्मेदवारले विज्ञप्ति जारी गरेर एमाले उम्मेदवारलाई भोट मागे

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेतृ भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको आरोप लगाउँदै आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने समेत जनाए । विज्ञप्ति जारी गर्दै राईले आफू उम्मेदवारका रूपमा […]

देशभक्त जत्थाहरू

उनीहरू संसद्तिर जाँदै छन् । राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उनीहरू एकअर्काविरुद्ध भोट हाल्न जाँदै छन् । उनीहरू सबका सब देशभक्त हुन् । उनीहरू एकअर्कालाई देशका शत्रु मान्छन् । भोट दिएर एकथरीलाई जिताउनु छ । अर्कोथरीलाई हराउनु छ । आफूले भनेकोेले जितेन भने देश अमेरिकाको बन्धक बन्छ । अर्कोथरीलाई हारियो भने चीनको बन्धक बनिन्छ कि भन्ने पीर छ । आफू हारे देश कमजोर हुन्छ भन्ने दुवैथरीलाई छ । यी सबैलाई देश बचाउनुपर्छ भन्ने विश्वास यति प्रबल छ कि उनीहरू एकअर्कालाई वर्गशत्रु मान्छन् र पर्‍यो भने र सकेदेखि अर्काथरीलाई सिध्याउने मौका चुकाउन चाहन्नन् । देशभक्तिको यो उपक्रम वर्षौंदेखि जारी नै छ । देशभक्तिको यस्तो हुटहुटी त केही समयपछि हुने स्थानीय निकायको निर्वाचनमा पनि देखिने नै छ । सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ । थुप्रै मानिस देशको मुख्य राजधानीमा बस्छन् । भनिन्छ– प्रायः देशभक्तहरू बस्ने शहर यै हो । तर यति धेरै देशभक्तहरू एकैपटक एकै ठाउँमा अहिलेसम्म देखिएका थिएनन् । एकै ठाउँमा बसे पनि देशभक्तहरू झुन्ड–झुन्ड, गुट–गुटमा बाँडिएका छन् । कुनै जत्था साना छन्, कुनै ठूला । जोसँग जति मान्छे छन्, त्यति नै लिएर उनीहरू देश बचाउन हिँडेका छन् । यो महासंग्राममा प्रत्येकको मूल्य छ । कोही कोही त एक्लै पनि हिँडिरहेका छन् । एक्लै हिँड्नेको मूल्य पनि धेरैसँग हिँड्नेको भन्दा कम छैन । देश बचाउने युद्धमा सबैभन्दा अग्रपंक्तिमा छ कम्युनिष्टहरूको जत्था । ऊ आफूलाई सबैभन्दा उग्ररूपमा देशभक्त मान्छ । उ ब्यालेन्स गर्न माहिर छ । त्यसैले दक्षिणको सिता खाए पनि उत्तरको गीता गाउन कहिल्यै बिर्सन्न । ऊ पुरानै देशभक्त हो । २००४ सालदेखि नै ऊ देशलाई माया गरि नै रहेको छ । झुन्ड–झुन्डमा, गुट–उपगुटमा, अनेक रंगमा, अनेक ढंगबाट । ऊ गतिमा विश्वास गर्छ, चलायमान हुनुमा विश्वास गर्छ । त्यसैले स्थिरतालाई अस्वीकार गर्छ भने बाँकी सबै कुरा स्वीकार गर्छ । चार सालदेखि नै ऊ सबै कुरा स्वीकार गरेरै त हिँडिरहेको थियो । महँगी बढ्न लाग्थ्यो कि उसले वक्तव्य जारी गरिरह्यो । समृद्धिको नारा लेख्यो, गरीबी नघटेकोमा उसले प्रधानमन्त्रीलाई चिठी लेख्दियो । पेट्रोलियमको मूल्य बढेको विरोधमा सानोतिनो जुलुस नै निकाल्यो । देशका खातिर यो जत्थाले के मात्र गरेन, रत्नपार्कका रेलिङ भाँच्नेदेखि टेलिफोनमा बुथ जलाउनेसम्मका महान् कामहरू गरेको छ । त्यतिमात्रै कहाँ हो र ? त्यै जत्थाभित्रका देशप्रेमले अति ओतप्रोत भएको एउटा जत्था त जंगल पनि पस्यो, भारत पस्यो, दरबार पस्यो । कहाँकहाँ पस्यो पस्यो । त्यै क्रममा हजारौंलाई संसारबाटै बिदा गर्नेमा कर्तुतमा पनि ऊ फस्यो । यो जत्थाको मनोवृत्ति कस्तो हँदोरहेछ कुन्नि, सरकार बाहिर हुँदा देशभक्तिकै कारण होला उसले संसद् कहिल्यै चल्नै दिएन । जब सरकारमा पुग्यो, ऊ देशका लागि थप केही गर्न चाहन्थ्यो रे । तर उसलाई उसकै दलभित्र र बाहिरकाले कामैै गर्न दिएनन् रे । तर बिचरा ! कम्युनिष्टहरू देशभक्तिमा यसरी डुबिरहे कि ३ दशक कसरी बित्यो पत्तै पाएनन् । अर्को ठूलै देशभक्त, प्रजातान्त्रिक समाजवादवाला जत्था पनि छ देशमा । ऊ आफूलाई कांग्रेस भन्छ क्यारे । ऊ अहिले बडो आत्मविश्वासका साथ देशभक्तिमा डुबेको देखिन्छ । यसका अगुवाहरू पनि गम्भीर मुद्रामा कछुवातालमा सही, हिँडि नै रहेका छन् । बीच बीचमा एकाध युवाहरू बुढाहरूका बीचमा नारा लगाउन पनि आइपुग्छन् । पत्रकारहरू प्रश्न गर्छन् कि अहिलेको जमानामा यो प्रजातान्त्रिक समाजवाद भनेको के हो ? युवा कांग्रेस नेताहरूसँग यसको कुनै जवाफ छैन । अनि एमसीसी के हो नि ? कांग्रेस सांसद जवाफ दिन्छन्, ‘यो एमसीसी जे सुकै होस्, देशको हितमा छ । एमसीसीविना हाम्रो देशले प्रगति गर्नै सक्दैन ।’ देशमा अर्को सानो जत्था छ, जो आफूलाई सबैभन्दा बढी देशभक्त मान्छ र देशमा राजाविना सबै थोक अपुरो अधुरो हुने ठान्छ । विगतमा राजाहरूकै कारण देश यो हालतमा पुगेको हो भन्ने तथ्यलाई ऊ तोडमोड भएको र भ्रमपूर्ण ठान्दछ । वैकल्पिकको नारा दिएर आएका तर विकल्प दिन नसकेका नयाँ जत्थाहरू पनि आएका छन् देशमा । तर यी जत्थाहरूको विचार र क्रियाकलाप हेर्दा यस्तो लाग्छ कि यिनीहरूले समूह बनाएको यिनका परिवारले समेत पत्याएका छैनन्, कार्यकर्ताहरूले पत्याउने त परको कुरा भयो । शायद त्यै रिस फेर्न घर बाहिर आएर आफू आफूमा एकअर्कालाई लात्ती मुड्की प्रहार गर्छन् । तर आफूहरू चैं खरो देशभक्त हुँ भन्दै फेसबुक र ट्विटरका भित्ता रंग्याइरहन्छन् । सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ । उनीहरूको काम कारबाही, गतिविधि हेर्दा मानौं, उनीहरूले यसो भन्न जोखिरहेका छन् जस्तो लाग्छ– ‘हामी जेलमा थियौं त के भो ? देशहितका कुरामा कोहीभन्दा पछाडि छैनौं त ।’ यी तमाम नयाँ पुराना जत्थाहरूको देशभक्तिका कारानामाहरू त महालेखाले हरेक वर्ष प्रतिवेदन निकालेरै सार्वजनिक गर्छ । अख्तियारका दराजभित्र फाइलहरूमा थन्क्याइएका यिनीहरूले विगतमा गरेका देशभक्तिका गाथाहरू त यहाँ उल्लेख गरिसाध्यै छैन । कहाँ छचल्किँदैन यी जत्थाहरूका देशप्रेम ? किसानका खेतमा हेर्नुस् वा गाईगोठहरूमा । उद्योगहरूमा हेर्नुस् वा विदेश जाने युवाका कलिला ओठहरूमा । यो सबै देख्दा बेला बेलामा मभित्र पनि देशभक्तिको भावना भयंकर उम्लिएर आउँछ । तर सोच्न सकिरहेको छैन कुन जत्थामा सम्मिलित होऊँ भनेर । सबैको आँखामा नशा देख्छु । सबैको हातमा रगत देख्छु । अनि मनमनै सोच्छु, ‘बाबु ! यो एक्काईसौं शताब्दी हो । अब देशभक्त हुन पहिले जस्तो सजिलो रहेन । यसका लागि सबैभन्दा पहिलो आफै कुनै एउटा नयाँ जत्था बनाउन सक्नुपर्छ ।’ के तपाईं देशभक्तिको खातिर मेरो जत्थाको सदस्य बन्न आउनुहुन्छ त ?

संसद् अवरोध नगर !

जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च स‌ंस्थालाई यसरी बन्धक बनाइँदा पनि मूकदर्शक हुने अहिलेका सांसदलाई अर्को चुनावमा किन भोट दिने ?

संसद् अवरोध नगर !

जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च स‌ंस्थालाई यसरी बन्धक बनाइँदा पनि मूकदर्शक हुने अहिलेका सांसदलाई अर्को चुनावमा किन भोट दिने ?