गोठभरि पालेका गाईको दुध बेचेको आम्दानीले घर खर्च चलाउने रुपन्देहीको तिलोत्तमा–९ का खगिश्वर पाण्डे अहिले ठूलो मर्कामा परेका छन् । दुधको भुक्तानी नपाउँदा ऋण थपिँदै गएर उनको घरव्यवहार मात्रै बिग्रिएको छैन । दुध बिक्री गरेको ३ लाख रुपैयाँभन्दा बढी रकम नपाउँदा उनलाई परिवार र चौपायाको खर्च धान्न मुस्किल भइरहेको छ ।