विद्यार्थी आन्दोलनको रापतापले खारिए पनि संसदीय राजनीतिमा आउन विद्या भट्टराईलाई दुई दशक बढी लाग्यो । अनेरास्ववियुको सचिव भइसकेकी विद्याले २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा उपप्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् । १५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा […]