काभ्रेपलाञ्चोक जिल्ला अदालतले एक वर्षको अवधिमा प्रतिवादीबाट ५४५ वर्षभन्दा बढी कैद असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा विभिन्न प्रकृतिका मुद्दाको फैसलापश्चात् कार्यान्वयनका चरणमा फरार रहेका प्रतिवादीलाई ५४५ वर्ष पाँच महिना १२ दिन कैद असुल गरिएको अदालतले जनाएको छ । विभिन्न मुद्दामा फैसलापश्चात् फरार रही प्रहरीबाट पक्राउ गरिएको प्रतिवादीबाट आव २०७८/७९ मा १३६ वर्ष १० महिना २८ दिन, अदालतले फैसला पश्चात् कैद ठेकिएको ३४४ वर्ष नौ महिना २५ दिन र अन्यबाट ६३ वर्ष आठ महिना नौ दिन