घुमघाम : सूर्योदय दृष्यका लागि प्रख्यात श्रीअन्तु

इलामको सूर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले अन्माउन लागेको दुलही जस्तै सिँगारिएको छ । समुद्री सतहबाट करिब २३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ । दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट करिब चौध किलोमीटरको दुरीमा पर्दछ यो । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्