शिक्षण संस्थामा चार दिन विदा; सरकारी, अर्धसरकारी कार्यालय र संस्थानमा चुनावको दिन विदा :: Pahilopost.com

काठमाडौँ : गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा मंसिर १० गते सबै सरकारी, अर्ध सरकारी र संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।  पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाहरुमा मंसिर ७ गतेदेखि १० गतेसम्म चार दिन शिक्षण संस्थाहरु बन्द हुनेछन्।  त्यसैगरी मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुने

सम्बन्धित सामग्री

चुनावमा दुई दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ ।गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर […]

चुनावको दिन र भोलिपल्ट सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने …

मतदान केन्द्र तोकिएको विद्यालयमा चार दिन विदा

काठमाडौं : सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरूमा चार दिन विदा दिएको छ।गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएको हो।त्यस्तै,सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते विदा दिएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।निर्वाचन आयोगका अनुसार २० हजार भन्दा बढी सामुदायिक स्कुलमा मतदान केन्द्र तोकिएको छ।

आजबाट सरकारी कार्यालय खुल्ने समय घट्यो

आज कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।आज कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १६ देखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर वर्षभरि हुने सार्वजनिक विदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गरेको छ । जस अनुसार नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने उल्लेख छ।

मधेश प्रदेश बाहेक देशभरका सरकारी कार्यालय आजबाट खुला

काठमाडौं, कात्तिक १४ । तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् । सरकारले कार्तिक ७ गते लक्ष्मी पुजाको दिन देखि कार्तिक ११ गते अर्थात् भाईटिकाको भोलिपल्टसम्म विदा दिएको थियो । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा परेको थियो भने […]

७ दिनपछि आजबाट सरकारी कार्यालय खुल्दै, मधेशमा आज पनि सार्वजनिक विदा

तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् । सरकारले कार्तिक ७ गते लक्ष्मी पुजाको दिन देखि कार्तिक ११ गते अर्थात् भाईटिकाको भोलिपल्टसम्म विदा दिएको थियो । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा परेको थियो भने कार्तिक १३ गते छठको विदा परेको थियो । यी सबै विदा सकिएपछि आजबाट कार्यालयहरु खुलेका हुन् ।मधेस प्रदेश सरकारले भने छठ पर्वका अवसरमा छठको अन्तिम दिन अर्थात् आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

स्व. सत्यमोहन जोशीको शोकमा आज सार्वजनिक विदा

काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिएको छ।जोशीको निधनमा शोक व्यक्त गर्न एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको जनाएको छ। संस्कृतिविद् जोशीको १ ०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा

पर्वत : गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ।प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।गण्डकी प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू असोज २४ गते सोमबा

सातामा दुई दिन विदा दिने सरकारको निर्णय आजबाट खारेज

जेठ १ गतेदेखि सरकारले हप्तामा दुई दिन सरकारी कार्यालयमा बिदा दिन थालेको थियो । तर, यो निणर्य सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा

सिमकोट– कर्णाली सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्। मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ। कर्णाली प्रदेश प्राप्तिका लागि  […]