काठमाडौं : सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरूमा चार दिन विदा दिएको छ।गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएको हो।त्यस्तै,सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते विदा दिएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।निर्वाचन आयोगका अनुसार २० हजार भन्दा बढी सामुदायिक स्कुलमा मतदान केन्द्र तोकिएको छ।