आज कार्तिक १६ गतेबाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।आज कार्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबारको दिन भने ३ बजेसम्म कार्यालय समय कायम रहने हुनेछ । माघ १६ देखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर वर्षभरि हुने सार्वजनिक विदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गरेको छ । जस अनुसार नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरूमा वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने उल्लेख छ।