आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ ।उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् ।अक्सर मानिस आफ्नो सपना पूरा हुँदा हाँस्छन् । उनी भने ताज