चिना हराएको मान्छे मौलिक कृति हो, ‘घोस्ट राइटिङ’ होइन : रवीन्द्र समीर

२०५९ वैशाख ९ गते नेपाल पर्यटन बोर्डको हलमा आदरणीय सर्जक कृष्ण धराबासीको कृति पाण्डुलिपिको विमोचन कार्यक्रम थियो । त्यो समारोहका प्रमुख अतिथि आदरणीय हरिवंश आचार्य हुनुहुन्थ्यो । हरिवंश दाइसँग सामान्य चिनजान पहिले थियो । मिरा भाउजुको असामयिक निधनपछि उहाँ निकै विक्षिप्त हुनुभएको थियो । कार्यक्रम सकिएपछि ‘दाइ ! तपाईंले पनि आत्मकथा वा संस्मरण लेख्नुहोला । कापीमा आँसु पोख्न सजिलो हुन्छ अनि मनमा गुम्सिएका भावलाई रित्तो गराउने थेरापीको काम गर्छ । के कस्तो हुन्छ, म हेरुला ।’ छोटो कुराकानी भयो । हरिवंश दाइले अर्...