काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब दिइरहेका बेला अध्यक्ष केपि शर्मा ओली निकट नेताहरूले भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् । […]