स्टार्टअपका लागि १५ प्रतिशतको लगानी पोर्टफोलियो बनाउँदैछौंः डा. मनिष थापा

सन् २०१९ मा स्थापना भएको ग्लोबल इक्विटी फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति प्राप्त गरेको नेपालकै पहिलो कम्पनी हो । साना तथा स्वपूँजी लगानी प्रदान गर्ने पीईभीसीलाई नेपाली स्टार्टअपहरुका लागि लगानीको मूख्य स्रोतको रुपमा हेरिएको छ । देशकै प्रथम पीईभीसीको रुपमा ग्लोबल इन्विटि फण्डले आगामी दिनमा लिने...

सम्बन्धित सामग्री

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा पाण्डे

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको अध्यक्षमा सिद्धान्तराज पाण्डे चुनिएका छन् । संघको पहिलो वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेले बिजनेश अक्सिजन (बीओर) बाट प्रतिनिधित्व गरेका छन् । यसैगरी संघको सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल र […]

फेन्सिङका स्वर्ण विजेता डाक्टर साब

२८ असोज, काठमाडौं । ३८ वर्षको उमेर सामान्यतः सक्रिय खेल जीवनबाट विदा लिने समय हो । तर, डा. मनिष थापा यो उमेरमा राष्ट्रिय च्याम्पियन बनेका छन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको सेवर विधामा उनले टिम स्पर्धामा स्वर्ण पदक जितेका छन् । फेन्सिङ खेल्न सुरु गरेको चार वर्षमै राष्ट्रिय च्याम्पियन बन्नु नेपाली सेनाका मेजर डा. मनिषका […]

स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबीच सम्झौता

स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबिच स्टार्ट अपको क्षेत्रमा लगानी गर्ने विषयमा सम्झौता भएको छ ।  ग्लोबल इक्वीटी फण्डको तर्फबाट डा. मनिष थापा र स्टार्ट अपहब नेपालको तर्फबाट डा. शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन्। स्टार्ट अप वल्र्ड कपको नेपालको लागी आधिकारीक पाट्र्नर स्टार्ट अप हब नेपाल र नया सोचका साथ स्थापित भएको ग्लोबल इक्वीटी फण्डबीच सम्झौता भएको हो । स्टार्ट अप हब नेपालले स्टार्टअपको विश्वप्रतिश्पर्धा नेपालमा गराउने भएकाले उच्च सम्भाबना भएका स्टार्टअपहरुलाई आवश्यक लगानी गर्न ग्लोबल इक्वीटिफण्डले साझेदारी सम्झौता गरेको फण्डका प्रवन्ध निर्देशक डा. मनिष थापाले बताए ।यसैगरी, सम्झौतामा इक्वीटी फण्डको क्षेत्रमा काम आएमा स्टार्ट अपहब नेपालले ग्लोबल ईक्वीटिलाई रिफर गर्ने र स्टार्ट अपको क्षेत्रमा काम आएमा ग्लोबल ईक्वीटिले स्टार्ट अप हब नेपाललाई रिफर गर्ने समेत उल्लेख गरिएको डा. थापाले बताए । स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबिचको सो सम्झौताले नेपालमा उच्च सम्भाव्यता भएका स्टार्ट अपहरुलाई लगानी नपाएकै कारण खुम्चिएर बस्नुपर्ने अवस्थाबाट मुक्ति दिने दुवै पक्षको विश्वास छ।