कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् […]