पक्की पदमार्ग निर्माण

बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गरेका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो । पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका […]

सम्बन्धित सामग्री

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर देखिएको डाडागाउँका टुकमान जुग्जालीले बताए । पदमार्ग बनेपछि बिम र डाँडागाउँमा तीन सय परिवार लाभान्वित भएका […]

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो ।

श्रमदान जुटाएर पदमार्ग निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।

पक्की पदमार्ग निर्माण

बागलुङ । बागलुङ नगरपालिकाले पक्की पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँशीदेखि वडा कार्यालय पुग्नेगरी पक्की पदमार्ग निर्माण गरेकोे हो । पालिकाले चालु आर्थिक वर्षमा उक्त पदमार्ग योजनाअन्तर्गत रू. १० लाख विनियोजन गरेको शहीद टंक खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिए । ‘पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ,’ उनले भने । पदमार्गमा आवश्यकता अनुसार रेलिङसमेत हालिने उनले बताए । नगरपालिकाका उपप्रमुख राजु खड्काले शहीदका परिवारले शहीदका नाममा स्मरणयोग्य काम नभएको गुनासो गरेपछि रकम विनियोजन गरेर पदमार्ग निर्माण गरिएको बताए । यता, जिल्लाकै बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माण सम्पन्नपश्चात् हस्तान्तरणको तयारीमा पुगेको छ । स्थानीय तह स्थापनाको छ वर्षमा बडिगाड गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । एक वर्षअघि ताराखोला गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो । दश स्थानीय तह रहेको बागलुङमा बडिगाड र ताराखोला गाउँपालिकाले मात्रै हालसम्म प्रशासनिक भवन निर्माण गरेका छन् । तीनतले भवनबाट पालिकाले प्रदान गर्ने सेवा तथा आवश्यक शाखा सञ्चालनका लागि सहज हुने बडिगाड गाउँपालिकाले बताएको छ । अठार महीनामा निर्माण सम्पन्न गर्नेगरी रू. पाँच करोड २२ लाखमा २०७७ जेठ १६ गते माउन्टेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोनाका कारण सम्झौताभन्दा एक वर्षपछि निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि उपेन्द्र अर्यालले बताए । रासस

विकास बेल्जियमको करीब एक करोड सहयोग

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियम नामक संस्थाले करिब एक करोड सहयोग गरेको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दशकोठे कक्षा कोठा भवन बनाउन लागिएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिए । दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्स्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताए । २०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कुल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले बेहोर्ने सम्झौता भएको थियो । संस्थाले बेहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताए ।      उनका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उनले बताए । प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । २००४ सालमा स्थापना भएको विद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।