काठमाण्डाै - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै छ ।
१३ हजार २ सय १६ मत गन्दा महर्जनले ७ हजार ४ सय १० मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार १ सय ९२ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा भने एमालेलाई अग्रता छ ।
एमालेका उम्मेदवार मञ्जली शाक्यले ३ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले २ हजार ३ सय २६ मत पाउनु भएको छ ।