प्रदेश १ को कुल जनसंख्या ४९ लाख ७२ हजार २१ छ । यो नेपालको कुल जनसंख्याको १७.०३ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको हिस्सा १७.१ प्रतिशत छ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ५.४१ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।