मेलौली दुर्घटना अपडेट : गम्भीर घाइते दशजना उपचाररत, अवस्था खतरामुक्त

बैतडी : बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जनाको अझै उपचार भइरहेको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा सोमबार मृत्यु भएको हो।घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत र

सम्बन्धित सामग्री

सल्यान दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

सल्यान : सल्यानमा गुडिरहेको बसमा विद्युत प्रवाह हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।गम्भीर घाइते बस साहु जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका-६ लान्तीका अन्दाजी वर्ष ३३/३४ को महेन्द्र ओलीको उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।ओलीको दाङ तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। यसअघि एकै घरका रोल्पा गंगादेव गाउँपालिका वडा नं. ४ बस्ने वर्ष करिब ७०/७२ को बालराम डाँगी र उनकै छोरा वर्ष करिब ४०/४२ को ट

कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

कपिलवस्तु : गएराति भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। तीन जना गम्भीर घाइते छन् ।शुक्रबार बेलुकी बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मीनबहादुर घलेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको घटनास्थलमै मृत्यु भएको थियो भने जवान जनक चौधरी र सा

बारा बस दुर्घटना अपडेट : हेटौँडाका ३ वटा अस्पतालमा १४ जनाको ज्यान गयाे

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १४ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो ।  हेटौँडा अस्पतालमा मात्रै ...

रुकुमपूर्व दुर्घटना अपडेट : घाइतेलाई हेलिकोप्टरबाट उद्धार

रुकुम (पूर्व) : रुकुमपूर्वमा दुई डिएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगङ्गा गाउँपालिका जाने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा दुई डीएसपी सवार रहेको प्रहरीको भ्यान दुर्घटना भएको हो। भ्यानमा ६ जना सवार मध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटना भएको छ। गम्भीर घाइते हुनेमा भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाए

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

वालिङ– स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँचजनाको गण्डकी मेडिकल […]

रौतहट दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ६ पुग्यो

१३ पुस, रौतहट । रौतहटमा मंगलबार दिउँसो भएको कार दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका शेख अवलेसको शुकदेव चौकस्थित शिवदर्शन अस्पताल उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ६ पुगेको प्रहरीको भनाइ छ । दुर्घटनामा चार जनाको घटनास्थलमै र घाइते २२ वर्षीय शेख अरसको उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै […]

बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडी, २० मङ्सिर: बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको […]

जन्ती बाेकेको ट्याक्टर दुर्घटना (अपडेट) : गम्भीर घाइते तीन जनाको मृत्यु

१७ मंसिर, धनगढी। कञ्चनपुरमा जन्ती बोकेर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका-९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए […]

रोल्पा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रोल्पा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको  जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।अर्का गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको रानाले जानकारी दिए । अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।