महोत्तरीमा अब योग र ध्यान विद्यालयका पठनपाठन र अभ्यासको थप विषय बन्ने भएको छ । जिल्लाको बर्दिवास नगरपालिकाले आफ्नो भूगोलभित्रका सबै सामुदायिक विद्यालयमा योग र ध्यानको अनिवार्य पठनपाठन र अभ्यासको थालनी गरेको हो ।
नगरभित्रका अहिले कायम ५२ सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक÷एक शिक्षकलाई प्रशिक्षित गरी अहिले पुनर्ताजगी अभ्यास गराउन थालिएको नगरपालिकाले जनाएको छ ।