शिक्षा मन्त्रालयबाट अनुमति लिई सुरु ‘कान्तिपुर हिसान शैक्षिक मेला’ बिहीबार अपराह्न काठमाडौं महानगरपालिकाले अचानक रोकेको छ । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थी लक्षित राजधानीका ७५ शिक्षण संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।