निजी शैक्षिक संस्थाको साझा सञ्जालले काठमाडौं महानगरपालिकाले गैरन्यायिक हस्तक्षेप गरी शैक्षिक मेला रोकेको जनाएको छ । आइतबार सञ्जालमा आबद्ध विभिन्न ९ संघसंस्थाले सामूहिक विज्ञप्ति जारी गर्दै महानगरको ज्यादतीपूर्ण हस्तक्षेपको निन्दा र भर्त्सना गरेका हुन् ।