काठमाडौं । ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ मा ललितपुर महानगरपालिकाले एउटा हेल्थ डेक्स राखेको छ । उक्त मेलामा राखिएको ८० स्टलमध्ये महानगरको जनस्वास्थ्य शाखाले सञ्चालनमा ल्याएको हेल्थ डेस्क पनि छ । उक्त हेल्थ डेस्कमा दुईजना महिला स्वास्थयकर्मी खटाइएको छ । अहिलेसम्म २२ जनाले सेवा लिइसकेको डेस्कमा खटिएकी एक स्वास्थ्यकर्मीले जानकारी दिइन् ।