काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्। डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्। रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्वयुवर