चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले आरोपित चौधरीलाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए । चौधरीले बाग्लुङको प