काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालत पाटनले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । अदालतले शुक्रबार अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई भने अदालतले ३५ लाख धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।उक्त मुद्दामा उच्च अदालतका सरकारी वकिलहरू नारायण रिमाल, दिनेश रेग्मी र उषा गजमेरले तथा बचतकर्ताहरुका निजी अधिवक्ताहरू रमेश बडाल, भोजराज आचार्य, डा. सुरेन्द्र भण्डारी र डा.दिनेश त
नाबालिक गायिकालाई बलात्कार गरेको अभियागमा पक्राउ परेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा आज उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो । न्यायाधीश उज्ज्वल शुक्ला …
काठमाडौं : पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन्।सर्वोच्च अदालतले शुक्रबार जनकपुर उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने ठहर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई मुद्दा किनारा नलागेसम्म थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो।विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत उनी थुनामा रहेका छन्।यसअघि जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्न