उच्च अदालत पाटनले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । अदालतले शुक्रबार अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई भने अदालतले ३५ लाख धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।उक्त मुद्दामा उच्च अदालतका सरकारी वकिलहरू नारायण रिमाल, दिनेश रेग्मी र उषा गजमेरले तथा बचतकर्ताहरुका निजी अधिवक्ताहरू रमेश बडाल, भोजराज आचार्य, डा. सुरेन्द्र भण्डारी र डा.दिनेश त