उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो । बन्दीहरुले जेलर र अन्य पुलिसकर्मीहरुमाथि हमला पनि गरे । हमलामा ३० प्रहरी घाइते भएका छन् । त्यस्तै बन्दीहरु पनि घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ । मेरापुर थाना क्षेत्रका सन्दीप हत्याको अभियोगमा जिल्ला कारागारमा बन्धक थिए । अवस्था खराब भएपछि उनलाई उपचारका लागि पठाइएको