कास्की – पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष २०७९/८० काे बजेट करका दरहरू घटाएको बताउनुभएकाे छ । आउँदाे आर्थिक वर्षका लागि आठ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगर सभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापनलगायतमा करको दर घटाएको उहाँले बताउनुभयाे ।
आज साेमवार भएकाे एक अन्तरक्रियामा मेयर आचार्यले अघिल्लो वर्षकाे भन्दा झन्डै साढे दुई अर्ब रुपैयाँ बढी बजेट ल्याए पनि महानगरले करको दर घटाएकाे जानकारी दिनुभयाे । करको दर घटाएर दायरा बढाएको उहाँले ब...
१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । यसमध्ये ६ वटा महानगरपालिकामा मात्र ५३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट आएको छ । यसमध्ये ५ महानगरपालिको कुल बजेट हाराहारी पुग्ने गरी काठमाडौं महानगरपालिका एक्लैले जम्बो आकारको बजेट ल्याएको छ । पोखरा, विराटनगर, वीरगन्ज, ललितपुर र भरतपुर […]
आगामी आर्थिक वर्षका लागि शुक्रबार देशका अधिकांश स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । देशका ठूला स्थानीय तह महानगरपालिका सबैले बजेट प्रस्तुत गरेका छन् ।
संघीय सरकारको बजेट पारित भएकै दिन देशभरका स्थानीय तहले बजेट ल्याएका छन् । ७५३ स्थानीय तहमध्ये सबै महानगरपालिकाले बजेट ल्याए पनि २ उपमहानगरपालिकासहित दर्जनौं स्थानीय तहले भने मंगलबारसम्म बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले असार १० गते भित्र स्थानीय तहको सभामा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नियम छ । वीरगन्ज महानगरले भने सोमबार नै बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ५ महानगरसहित ९ उपमहानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका हुन् ।