गोरखा : गत जेठ २७ गते गण्डकी प्रदेश सभामा संसदीय अभ्यासमा विरलै हुने घटना भयो। मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) आफू संलग्न सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिन उपस्थित भएनन्।उनी निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारको युवा तथा खेलकुद मन्त्री थिए। २७ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको सरकार ढल्यो।त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए। कांग्रेस